Saturday, May 4, 2013

Congratulation to nepali cricket team, fans and supporters we have been qualified for ICC WCL Div II ..whatta day for nepal..Jay nepal salute nepali cricket team


बधाई !! छ सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरुलाइ , हाम्रो क्रिकेटले आज निकै ठुलो फड्को मारेको छ l २०१४ मा हुने विश्वकप छनौट खेल्ने अवसर पाउनु हाम्रो निकै ठुलो उपलब्धि हो l पहिलो २ खेलमा हारको बाबजुत नेपाली टोलि र समर्थकहरुले जसरि हार खाएनन त्यो निकै तारिफयोग्य छ l
आज सपनाहरु पुरा भएका छन् , आज सम्पूर्ण नेपालीहरुको जित भएको छ र हाम्रो क्रिकेट प्रेमको जित भएको छ l नेपालको डिभिजन-२ प्रवेशको लागि अन्तिम खेलमा शानदार प्रदर्शन गर्ने बर्मुडा क्रिकेट टिम , क्रिस डग्लस बिशेष धन्यवादका पात्र हुन् l कोच पुबुदु दासानायके को सपना र आत्मविश्वास , खेलाडीहरुको मेहनत र लगन र हामि समर्थकहरुको लगातार को साथले नै आज यो सफलता नेपाली क्रिकेट टोलिले हात पारेको छ l
पुनः सबैलाई बधाई नेपाल डिभिजन-२ मा प्रवेश गरेकोमा , अब नेपाललाइ विश्वले चिन्ने छ l यो समय उत्सबको समय , हिप ! हिप ! हुर्रे !! जय ! नेपाल , जय !!! नेपाली क्रिकेट :)